खोटाङ, १२ असोज । खोटाङको महादेबस्थान–४ स्थित हलेसी बेकरी पाउरोटी उधोगमा बुधबार ग्यासको पाईप लिक भई आगलागी भएको छ ।
नविकरण सेवा समाज दुर्छिम र घरेलु तथा साना उद्योग खोटाङको संयुक्त अनुदानमा सञ्चालन भएको उक्त उधोग महादेबस्थान ३ बस्ने योगेन्द्र राईले सञ्चालन गर्दै आएका थिए । दिउँसो २ बजेतिर अचानक लागेको आगोले बटर घ्यु, चामल, तयारी पाउरोटी, ओभन, ईन्भर्टर र जस्ता पाता समेत जल्दा २५ हजार वरावरको क्षति भएको प्रहरीले छ । आगलागीलाई प्रहरी र स्थानीयवासीहरुको प्रयासमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ ।