मोरङ, १२ असोज । मोरङको मधुमल्ला–७ झारसादीमा बुधबार पानीमा डुबेर एक बृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मधुमल्ला–७ बस्ने ७३ बर्षिया रुपमायाँ दर्जी रहेकी छिन् । बेलुका ८ बजेतिर उर्लाबारीबाट घरतर्फ फर्कने क्रममा स्थानीय नरेश उप्रेतीको धानखेतको आलीबाट चिप्लीएर लडेकी थिइन् । स्थानीयले उनलाई जमेको पानीमा घोप्टिएर मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।