उदयपुर, ११ असोज । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित त्रियुगा खोलाले बगाएर मंगलबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–११ बस्ने अन्दाजी ६५ वर्षिय मोहम्मद दुखी मिया रहेका छन् । बिहान ९ः३० बजेतिर खोला तर्ने क्रममा मियाँलाई बगाएर उनको मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय जलजलेबाट प्रहरी टोली खटि कानूनी प्रकृया पुरा गरिएको उक्त कार्यालयले जनाएको छ ।