• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कार्यकारी अधिकृतकै सामुन्नेमा सेवाग्राहीसँग घुस लिने बिचोलिया पक्राउ

कार्यकारी अधिकृतकै सामुन्नेमा सेवाग्राहीसँग घुस लिने बिचोलिया पक्राउ

राजविराज, १० असोज । सर्वसाधारण जनतासँग घुस लिँदै गरेको अवस्थामा राजविराज नगरपालिकाका एक कर्मचारीका भाइ कार्यालयमै रङ्गेहात पक्राउ परेका छन् ।
सेवाग्राहीबाट घुस लिने क्रममा राजविराज नगरपालिका वडा नम्वर–७ निवासी २८ वर्षिय प्रकाश चौधरी छन् । पक्राउ परेका उनी नगरपालिकाकै पञ्जिकाधिकारी पदमा कार्यरत लोकेन्द्र चौधरीका भाइ हुन् । उनले महिनौदेखि दाजुकै कुर्सीमा बसेर जन्म, मृत्यु दर्तालगायतका काम गर्दै आएका छन् ।
सोमवार नगरपालिका कार्यालयमा सेवा लिन आएका सेवाग्राहीसँग एक हजार तीन सय घुस लिंदै गर्दाको दृष्य माउन्टेन टेलिभिजनका सप्तरी सम्वाददाता दिवाकर साहले क्यामरामा कैद गरेका छन् । चौधरीलाई जिल्ला प्रहरीको टोलीले आवश्यक अनुसन्धानकालागि नियन्त्रणमा लिएका छन् । नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गकै सामुन्नेमा सेवाग्राहीबाट घुस लिएका छन् । रकम लिँदै गरेको दृष्य पत्रकार साहले क्यामरा कैद गरिरहेको थाहा पाएपछि उनी दर्ताचलानी फाँटबाट सुटुक्क बाहिरिएका थिए ।
पक्राउ परेका चौधरी नगरपालिकाका कर्मचारी नभए पनि सेवाग्राहीसँग घुस लिनैकालागि दाजुले प्रयोग गर्ने गरेको श्रोतले जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृति विष्णुप्रसाद गुरुङ्गले कर्मचारी नै नभएका ब्यक्तिलाई यसरी दिनहुँ कार्यालयमा आएर कर्मचारीकै कुर्सीमै बसेर काम गर्दा पनि कहिल्यै नरोकेको अन्य कर्मचारीको भनाई छ ।
उनको कृयाकलापको सुईको पाएको प्रहरीले उनीमाथि केहि दिन अघिदेखि नै निगरानी वढाएको थियो । बिचौलियाको प्रयोग गरी यसरी सेवाग्राहीसँग घुस लिने ब्यक्ति तथा अनाधिकृत रुपमा प्रयोग गर्ने कर्मचारीमाथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारवाही गरिने सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले वताएका छन् ।