• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

खोलाले बगाएर मोरङ्ग र धनकुट्टामा दुईको मृत्यु

खोलाले बगाएर मोरङ्ग र धनकुट्टामा दुईको मृत्यु

मोरङ, १० असोज । मोरङ र धनकुटामा आइतबार खोलाले बगाएर अाइतवा। दुई जनाको मृत्यु भएको छ ।

मोरङको मधुमल्ला–३ तोरीबारीस्थित मावाखोलाले बगाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ वर्ष उमेरको जस्तो देखिने ती मानिसको नामथर वतन खुल्न सकेको छैन। स्थानीयले आइतबार दिउँसो १ बजेतिर खोलामा शव बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटेको टोलीले शव बाहिर निकालेर हेर्दा मृतकको कम्मरमा खुकुरी भिरेको पाईएकोले ती मानिस घाँस दाउरा गर्न जानेक्रममा खोलाले बगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यता धनकुटाको ज्यामीरे खोलाले बगाएर स्कुल हिडेका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चुङबाङ–२ बस्ने रमेश योञ्जनको ७ वर्षिय छोरा दिपेन योन्जन रहेका छन । विहान पौने १० बजे स्कुल जाने क्रममा योञ्जनलाई खोलाले बगाएको थियो । उनको शव सोमवार दिउँसो २ बजे अन्दाजी ४ सय मिटर तल फेला परेको थियो ।