राजविराज, ९ असोज । हेल्प मधेशी(कतार च्याप्टर)को आयोजना तथा पहल नेपालको संयोजनमा ’सामुदायिक समस्या, सम्भावित उपाय र हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम शनिवार नयाँ वानेश्वरस्थित सफा चौरासी व्यञ्जनमा सम्पन्न भएको छ ।
’हेल्प मधेशी’ कतारमा रहेका नेपालीहरुका साझा सञ्जाल हो । मधेशलाई लक्षित गरि कोष निर्माण गरि समाजिक कार्यमा सहयोग तथा पहल गर्दै हेल्प मधेश पछिल्लो मधेश आन्दोलनका शहीद परिवारलाई निरन्तर सहयोग गर्दै आएको छ । ’पहल नेपाल’ देश भित्र र बाहिरबाट सामाजिक कार्यमा सक्रिय र रुचि राख्ने नेपालीहरुको साझा संस्थाको रुपमा रहेको पहल नेपालका संयोजक सरोज रायले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पहल नेपालमा संग्लन सामाजिक अभियन्ता सरोज राय र उनका टिमले विभिन्न प्राकृतिक प्रकोपको बेला सहयोग पुर्याउने काम गर्दै आएको छ । शहिद परिवार, कुष्ठरोगी, अपाङ्ग, गरिव एवम् विपन्न वर्गलाई निरन्तर सहयोग पुर्याइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा कतारबाट ’हेल्प मधेसी’ मा प्रमुख भूमिका निभाई रहेका ई विरेन्द्र साहले कतारमा कार्यरत् करिव तीन हजार मधेशीहरु ’हेल्प मधेशी’ मा आवद्ध भईसकेको जानकारी दिए । विभिन्न कार्यक्रम गरि मधेश र मधेशीको स्तर उठाउन फण्ड जम्मा गरिरहेको जानकारी गराए। उनका अनुसार ’एक व्यक्ति एक रियाल’ भन्ने अभियान मार्फत पनि सहयोग राशी जम्मा भईरहेको छ ।
अहिलेसम्म १४ शहिद परिवारलाई हरेक महिना सहयोग राशी उपलब्द गराईरहेको, आगलागी र बाढी पिडितलाई सहयोग गरिसकेका तथा आउने दिनमा असहाय मधेशीहरुलाई सहयोग गर्न आफुहरु तयार रहेकोसमेत साहले बताए । सामाजिक अभियन्ता सरोज राय र उनका टिम ’पहल नेपाल’को माध्यमबाट शुरु गरिरहेका अभियान ’बेटी पढाउ, बेटी बचाउ’ मा हेल्प मधेशीले पूर्णरुपले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
सामाजिक अभियन्ता सरोज रायले आफु अहिलेसम्म मेसेन्जरको रुपमा काम गर्दै आएको अर्थात असहायहरुको समस्या सहयोगीहरुको बीच राखेको र सहयोगीहरुबाट प्राप्त सहयोग असहायसम्म पुर्याउने गरेको बताए । आगामी दिनमा केहि प्रभावकारी योजना तहत समाजिक कार्यलाई अगाडि बढाउने बताए । सप्तरीका बाढी पिडितकालागि घर बनाउने योजना यहि दशैँबाट शुरु गर्ने र चाँडै ’बेटी पढाउ, बेटी बचाउ’ अभियान शुरु गर्ने उनले जानकारी गराए ।
आफुहरुले गरि राखेका सामाजिक कार्यलाई सहज रुपमा गर्न ’पहल नेपाल’ नामक संस्था दर्ता गराउन लागेको र यो संस्था सबै नेपालीको साझा संस्था रहने भएकोले यसमा जुट्न सबैलाई आग्रह गरिएको छ । सोही अवसरमा ई. मनोरथ साहले ’पहल नेपाल’ को माध्यमबाट १० जना दलित वा गरिव विद्यार्थीलाई बंगलादेशमा छात्रवृति उपलब्ध गराई दिने प्रतिबद्धता गरे । ’पहल नेपाल’सँग आवद्ध अधिकारकर्मी रिता साह र रुपा झाले दलित समुदायमा शिक्षामा जोड़ दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा अधिवक्ता सुरेन्द्र कुमार महतोले मधेशलाई प्राथिमिकता राख्न जोड़ दिदै ’पहल नेपाल’ लाई दिनको १ रुपैयाँ सहयोग संकलन गर्ने अभियान चलाउन सुझाव दिनुको साथ रु १ सहयोग गर्दै आफैबाट सुरुवात गरे । यस्तै, दिग्विजय सिंह (कपिलवस्तु), आलोक तिवारी, श्याम किशोर साह, अधिवक्ता विकाश ठाकुर, अजमेरी खातुन, राम नारायण साह (सिरहा), रोशन महासेठ, उपेन्द्र यादव (पाटन क्याम्पस), संयोग देव (सप्तरी), लभ (महोत्तरी), विपी साह (हुलाकी न्युज) आदि सहभागीहरुले कतारबाट ’हेल्प मधेशी’ ले गरिरहेको सहयोगको सरहाना गर्दै ’पहल टिम’ लाई विशेष ध्यान दिदै तत्काल शिक्षा नै मुख्य समस्या भएको हुनाले यसलाई नै प्राथिमिकतामा राखेर कार्य गर्न सल्लाह दिए ।