मोरङ, ९ असोज । मोरङको टंकिसिनुवारी–६ मा शनिबार साँझ एक ट्रक दुर्घटना हुँदा ट्रकका चालक घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना४ख ९८४७ नम्बरको ट्रक शनिबार साँझ ८ बजे टंकी–६ प्रिमियर वायर उधोग नजिकै पल्टिएको हो । दुर्घटनामा ट्रकका चालक झापा बनियानी–६ बस्ने ४० वर्षिय यादव बराल गम्भिर घाइते भएका छन् । घाइते चालकको विराट मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ ।