• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोटरसाइकल र स्कुटर ठोक्किदा एकको मृत्यु, दुई गम्भिर घाइते

मोटरसाइकल र स्कुटर ठोक्किदा एकको मृत्यु, दुई गम्भिर घाइते

मोरङ, ९ असोज । मोरङको कदमाहा–२ मा शनिबार साँझ मोटरसाईकल र स्कुटर जुध्दा एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बिआर–११–वाई–५१५६ नम्बरको भारतीय मोटरसाइकल र को२२प १८९३ नम्बरको स्कुटर साँझ ७ बजेतिर कदमाहा चौकमा एक अर्कासँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक मोरङ कदमाहा–६ का २८ वर्षिय धिरेन्द्र कामतको उपचारकालागि विराटनगरस्थित गोल्डेन अस्पताल ल्याउने क्रममा मृत्यु भएको छ ।
गम्भिर घाइते स्कुटर चालक मोरङ सोराभाग–८ बस्ने ५० वर्षिय रामदेव मण्डल र पछाडि सवार उनका १७ वर्षिय छोरा आशकरण मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ ।