• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सप्तरीको अध्यक्षमा शिवनारायण

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सप्तरीको अध्यक्षमा शिवनारायण

राजविराज, ८ असोज । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सप्तरीको शनिवार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले साझा पुस्तक भण्डारका प्रोप्राइटर शिवनारायण साह ‘सुरज’को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।

नव गठित समितिको उपाध्यक्षद्वयमा सकिल अन्सारी, प्रकाश दास, सचिवमा मदन थापा, सह–सचिवमा रणधीर गोइत र कोषाध्यक्षमा रबि कुमार साहलाई चयन गरिएको छ । महिला सदस्यमा बिमला देवी चौधरीलाई चयन गरिएको महासंघका केन्द्रीय सदस्य प्रमेश कुमार यादवले जानकारी दिएका छन् ।
उनका अनुसार समितिको सदस्यमा अमित पाठक, रामअवतार साह, अश्विनी कुमार गुप्ता, अरुण चौधरी रहेका छन् । यसैगरी लेखा समितिको संयोजकमा घनश्याम पोखरेल रहेका छन् भने सदस्यहरुमा तेजनारायण यादव, महेन्द्र अधिकारी, कानूनी सल्लाहकारमा अजयकुमार चौधरीलाई चयन गरिएको छ ।