राजविराज, ८ असोज । सप्तरी युवा सम्मेलनबाट गरिएका १८ बुँदे घोषणा पत्र जिल्लाका गाविस सचिव र नगरपालिकाका प्रमुखहरुलाई बुझाउने निर्णय भएको छ ।
घोषणापत्र गाविस तथा नगरपालिकाहरुमा पुगेर युवाहरुद्वारा घोषणापत्र बुझाईने भएको हो । युवा सम्मेलनका क्रममा घोषणा गरिएका बुँदाहरु कार्यान्वयनकालागि गाविस तथा नगरपालिका तहमा घोषणा पत्र बुझाउने युवाहरुले निर्णय गरेका छन् ।
सप्तरी युवा मूल समारोह समिति क्षेत्र नम्बर २ को संयोजनमा शनिबार हनुमाननगर योगिनिमाई नगरपालिकाको हनुमाननगर माविमा बसेको सबै क्षेत्रिय संयोजकहरुको बैठकले निर्णय गरेको छ । घोषणा पत्रमा स्थानीय निकायले युवाका लागि पनि बजेट छुट्टयाउनुपर्नेमा जोड् दिईएको छ । यो मागलाई प्राथमिकताकासाथ सबै गाविसमा उठाइने क्षेत्रिय संयोजकहको बैठकले निर्णय गरेको छ ।
२ नम्बर क्षेत्रका संयोजक मनोज मेहताको अध्यक्षता तथा जिल्ला संयोजक श्रवणकुमार देवको प्रमुख आतिथ्यमा बसेको बैठकले सरसफाईलाई गाउँ–गाउँसम्म पुरयाउने निर्णय पनि गरेको छ ।