• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बेल्हा र गोबरगाढाका ६५ बाढीपीडित परिवारलाई राहत

बेल्हा र गोबरगाढाका ६५ बाढीपीडित परिवारलाई राहत

राजविराज, ८ असोज । सप्तरीको हनुमाननगर जोगिनियाँमाई नगरपालिकाको वडा नम्वर–१ बेल्हा र गोबरगाढा गाविसका ६५ बाढीपिडीत परिवारमा त्रिपाल वितरण गरियो ।
हुर्क नेपाल र तपेश्वरी समाज कल्याण संघ राजविराजको आयोजनामा द फ्रिडम फण्डको सहयोगमा आयोजित कार्यक्रमका बीच त्रिपाल वितरण गरियो । अध्यक्षता सञ्चालक समितिका अध्यक्ष पार्थो सरकार, नेपाली कांग्रेस सप्तरीका नेता देवनारायण मण्डल, नेपाली कांग्रेसका सुभाष चन्द्र सिंह, तरुण दल सप्तरी सभापति अनिल कुमार देव, परियोजना संयोजक प्रदिप कुमार जोशी, बुथ सभापति इश्कीलाल मण्डल र हरिनारायण यादवसमेतको उपस्थितिमा उक्त सामान वितरण गरियो ।