• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भेडिया मठ गुरुकुल विद्यालयबारे अन्तरक्रिया

भेडिया मठ गुरुकुल विद्यालयबारे अन्तरक्रिया

रामसेवक यादव

राजविराज, ८ असोज । सप्तरीको लोहजरा–९ भेडिया मठ गुरुकुल विद्यालयमा शनिवार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
लोहजारा गाविस वडा नम्बर– ९ स्थित गुरुकुल विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रम काशीनाथ जोशीको अध्यक्षता तथा सृजना फाइनान्स कञ्चनपुर प्रमुख मनोज कुमार दासको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथि नागेन्द्र झा, विजय झा, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आनन्दीलाल मुखिया, महिला सदस्य तिर्थमाया मण्डल, प्राचार्य दिपेन्द्र नारायण ठाकुर र संरक्षण विकास समिति उपाध्यक्ष उपेन्द्र मुखियालगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा ठेलिया, लोहजारा, मैनाकडेरीसहित गाविसका अभिभावक, स्थानीय प्रहरी प्रशासनको उपस्थिति रहेको थियो । गुरुकुल विद्यालय सप्तरी जिल्लाको पहिलो संस्कृत भाषा पढाउने विद्यालय हो, ३ जना शिक्षक, १ जना भान्से, १ जना चौकीदार, १५ जना छात्र, १ जना छात्रागरी कुल १६ जना बालबालिका अध्ययनरत छन् । विगत एक वर्षदेखि दाता काशीनाथ जोशीले एक्लैले उक्त विद्यालय सञ्चालन गर्दै आएको छ । हालसम्म कुनै सरकारी तथा गैर सरकारी स‌‌स्थाबाट सहयोग उपलब्ध नभएको जनाईएको छ ।