• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पूर्व हिमाली यातायात संघको चौथो महाधिवेशन सम्पन्न

पूर्व हिमाली यातायात संघको चौथो महाधिवेशन सम्पन्न

भारदह, ८ असोज । सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरको सभाहलमा पूर्व हिमाली यातायात संघको चौथो महाधिवेशन शनिवार सम्पन्न भयो ।
जागेश्वर यादवको अध्यक्षतामा आयोजित महाधिवेशन शैलेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । महाधिवेशनको बन्द शत्रले जागेश्वर यादवको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सन्तोष कुमार सिंह, महासचिवमा श्यामकुमार साह, सचिवमा दिलिप कुमार चौधरी, कोषाध्यक्षमा शम्भु प्रसाद यादव र सह–कोषाध्यक्षमा अरुण कुमार यादव रहेका छन् । सदस्यहरुमा रामु प्रसाद साह, अनिल कुमार यादव, आनन्द कुमार बिष्ट, बच्चु मण्डल र दिनेश कुमार शर्मा रहेका छन् । कानूनी सल्लाहकारमा अशोक कुमार चौधरी, वरिष्ठ काूननी सल्लाहकारमा सञ्जय साहलाई सर्वसम्मत चयन गरिएको छ ।