• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोरङ र उदयपुरमा चट्याङबाट तीन जनाको मृत्यु

मोरङ र उदयपुरमा चट्याङबाट तीन जनाको मृत्यु

मोरङ, ८ असोज । मोरङ र उदयपुर जिल्लामा शुक्रबार चट्याङबाट तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मोरङको वारङ्गी–२ तिनकेटरी बस्ने भीमबहादुर राईको २० वर्षिया छोरी कमला राईको शुक्रबार दिउँसो घरमा खोले पकाउने क्रममा चट्याङ खस्दा घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै मोरङकै झुर्किया–३ दिउँसो १२ः३० बजे परेको चट्याङले खेतबाट घर फर्कदै गरेका झुर्किया–३ साहुटोल बस्ने अन्दाजी ६१ वर्षाय दमलाल साहको बाटैमा मृत्यु भएको छ ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–६ खैजनपुरमा शुक्रबार अपरान्ह ४ बजेतिर खसेको चट्याङले वस्तु चराउँदै गरेका अन्दाजी ४८ वर्षिय बुचन चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँका ५५ वर्षिय लखन चौधरी गम्भीर तथा तिलचन चौधरी सामान्य घाईते भएका छन । घाइतेहरुलाई उपचाकालागि जिल्ला अस्पताल लगिएको छ ।