• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

ट्रकसँग ठोक्किएर मोटरसाइकल चालक गम्भिर घाइते

ट्रकसँग ठोक्किएर मोटरसाइकल चालक गम्भिर घाइते

मोरङ, ८ असोज । मोरङको उर्लाबारीमा शुक्रबार राती ट्रकसँग मोटरसाइकल ठोक्किदा एक युवक गम्भिर घाइते भएका छन् ।
उर्लाबारी नगरपालिका–२ पूर्व–पश्चिम राजमागर्ममा राती करिब १० बजे पश्चिमबाट पूर्व जाँदै गरेको को१३प १३१३ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जादै गरेको ना२ख ८५५५ नम्बको ट्रकको पछाडी ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलका चालक उर्लाबारी–७ बस्ने ३९ वर्षिय राजेन्द्र खडका गम्भिर घाइते भएकाले उपचारकालागि न्युरो अस्पताल विराटनगर लगिएको छ । ट्रक र चालकलाई अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।