राजविराज, ७ असोज । सप्तरीका पत्रकार वैद्यनाथ यादवलाई हेम सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको हेम सुनिल जोखिमपुर्ण पत्रकारिता पुरस्कारबाट शुक्रबार एक समारोहका बीच पुरस्कृत गरिएको हो । टेलिभिजन परिसरमा आयोजित समारोहमा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र बहादुर कार्कीले कदरपत्र सहित नगद ५१ हजार राशीले सम्मान गरेको छ । यादव विगत १८ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका छन् ।
कार्यक्रममा नेपाल टेलिभिजनका समाचार सम्पादक निराजन खनाल र क्यामरा पर्सन सुदिप बुढाथोकीलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा ञ्ंचारमन्त्री कार्कीले सञ्चारकर्मी हेम भण्डारी र सुनिल सिंहको योगदानको उच्च मुल्याङन गर्दै उनिहरुको कदर स्वरुप नेपाल टेलिभिजनले पुरस्कार स्थापना गरेकोमा प्रशंसा समेत गरेका थिए । २०६३ साल असोज ७ गते ताप्लेजु·को घुन्सामा खवर सड्ढलनको क्रममा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका हेम भण्डारी र सुनिल सिंहको नाममा हेम सुनिल जोखिमपुर्ण पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो ।
उनी एभीन्यूज टेलिभिजनका जिल्ला सम्वाददाता र सप्तरी जागरणका सम्पादक पनि हुन् । गत साउन महिनामा आएको बाढिले सप्तरीको विकट गाउँको रुपमा परिचित गोबरगाढालाई चारैतिरबाट कोशीको भंगालोले छोपेको अवस्थामा सोबारे जोखिमपूर्ण यात्रा गरी रिपोर्टि· गरेवापत पत्रकार यादवलाई सम्मान गरिएको छ ।
२०५५ सालदेखि सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार यादवले स्थानीय श्री जनआक्रोस दैनिक, सप्तरी सन्देश साप्ताहिक, कृष्णा साप्ताहिक हुँदै धरानबाट प्रकाशित हुने धरान टुडे, जनकपुरबाट प्रकाशित हुने जनकपुर टुडे पत्रिकाहरुमा सप्तरीबाट सम्वाददाताको रुपमा काम गरिसकेका छन् ।
यसैगरी पत्रकार यादव काठमाडौंको तरुण साप्ताहिक, नयाँ सडक दैनिक, गोरखापत्र देनिक पत्रिकामा समेत सप्तरी समाचारदाताका रुपमा काम गरिसकेका छन् । विगत १० वर्षदेखि पत्रकार यादव टेलिभिजन पत्रकारितामा क्रियाशिल रहँदै आएका छन् । पछिल्लो समय उनी उज्यालो नेशनल नेटवर्कको सम्वाददाताका रुपमा कार्यरत रहेका छन् भने सप्तरी जागरण साप्ताहिकका प्रकाशक, सम्पादक र सप्तरी जागरण अनलाईनका कार्यकारी प्रमुख समेत रहेका छन् ।