झापा, ७ असोज । झापाको बिर्तामोड–२ मा बिहीबार मोटरसाइकलको ठक्करबाट एक महिला गम्भिर घाइते भएकी छिन् । पूर्वबाट आउँदै गरेको मे२प ९४११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार बिर्तामोड–९ बस्ने ३० वर्षिया हरिता राजबंशी घाइते भएकी छिन् ।
घाइते राजवंशीको बिर्तासिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक गोलधाप–८ बस्ने ३८ वर्षिय गोपाल अधिकारीसमेत घाइते भएकाले विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाइएको छ ।