झापा, ७ असोज । झापाको तोपगछी–३ बस्ने ६० बर्षिय लालबहादुर राई बिहीबार मृत फेला परेका छन् ।
बेलुका ८ बजेतिर उनलाई स्थानीयले घर नजिकै रहेको नालिमा मृत अबस्थामा भेटेका थिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।