• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

उदयपुर, ७ असोज । उदयपुरको चतराबाट प्रहरीले बिहीबार अन्दाजी ४ किलो लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चतराबाट रामपुर ठोक्सिलातर्फ आउँदै गरेको ना२ख ७५६१ नम्बरको बसमा सवार मैनामैनी ७ बस्ने ईन्द्र बहादुर राई, रामपुर ठोक्सिला–२ बस्ने किरण मगर र सोही ठाउँका युवराज राई रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ः१५ बजे तिर चेकजाँच गर्ने क्रममा ४ किलो गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको छ । त्यस्तै मोरङ्ग विराटनगर–२१ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सिमा सुरक्षा बलबाट खटिएको टोलीले सुनसरी धरान–१२ बस्ने २६ बर्षिय सबिन विश्वकर्माको साथबाट लागुऔषध डाईजेल्याब १८ एम्पुल, एभिल १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल बरामद गरेको हो । अपरान्ह ४ बजेतिर भारतको जोगवनिबाट बिराटनगरतर्फ पैदल आउँदै गर्दा उनलाई पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका विश्वकार्मालाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको छ । त्यसैगरी सुनसरीको दुहबी–७ स्थित कोशी राजमार्गमा ईटहरीबाट विराटनगर तर्फ जाँदै गरेको को१ख २७९४ नम्बरको यात्रु बसमा चेकजाँच गर्ने क्रममा अन्दाजी ९०० लिटर बराबरको घरेलु मदिरा बरामद गरेको छ । बरामद गरिएको मदिरा र चालकसहित इलाका प्रहरी कर्यालय दुहविले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।