• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नारायणी उपक्षेत्रिय अस्पतालको चौतर्फी विकासको माँग गर्दै सद्भावना पार्टीद्वारा मानव साङ्गलो प्रर्दशन

नारायणी उपक्षेत्रिय अस्पतालको चौतर्फी विकासको माँग गर्दै सद्भावना पार्टीद्वारा मानव साङ्गलो प्रर्दशन

वीरगञ्ज, ७ असोज । नारायणी उपक्षेत्रिय अस्पतालको चौतर्फी विकासको माँग गर्दै सद्भावना पार्टी नगर कार्य समिति वीरगञ्जले शुक्रबार बृहत मानव साङ्गलो प्रर्दशन गरेकोे छ । सद्भावना पार्टी वीरगञ्जका नगर अध्यक्ष ओमप्रकास सर्राफको नेतृत्वमा प्रर्दशन गरिएको मानव साङ्गलो कार्यक्रम विहान ७ः४५ देखि ८ः४५ सम्म नारायणी उपक्षेत्रिय अस्पताल परिसरदेखि विर्ता मन्दिरसम्म प्रर्दशन गरिएको छ ।
पाँच सय शैय्याको भौतिक पुर्वाधार सहितको भवन निर्माण गर, लक्षित वर्गलाई निःशुल्क औषधि उपलब्ध गराउ, चिकित्सक एवं कर्मचारी नियमित सेवा प्रदान गर, प्रयोगशालाहरुलाई व्यवस्थित गर, सरसफाईलाई प्राथमिकता देउ, भ्रष्टाचार बन्द गर, क्षेत्रिय अस्पतालमा स्तर उन्नती गर, बिरामीको खाना व्यवस्थित गर जस्ता नारा लेखिएको प्ले कार्ड सहित प्रर्दशन गरिएको थियो ।6
मानव साङ्गलोमा पतञ्जली योग शिबिर पर्साका  अध्यक्ष किशोरी कलवार, शिविरका पदाधिकारी, सानो पाईलाका सुविर घोष, युनिभर्सल पिस फेडरेसनका हरी लोप्चन, वीरगञ्जका युवा समाजका कमल चौगाई, स्वतन्त्र मानव अधिकार समाजका लालबाबु सिंह, हरेन्द्र बाबासहितको टोली, समाजिक अभियन्ता प्रकास थारु, विभिन्न राजनितीक दल, नागरिक समाज, विद्यार्थी, युवा तथा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
मानव साङ्गलो पश्चात नारायणी उपक्षेत्रिय अस्पताल प्राङ्गणमा आयोजित कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष सर्राफले नारायणी उपक्षेत्रिय अस्पतालको विकास, स्तर उन्नति एवं सुधारको लागि आफुहरु चरणबद्ध दवाव दिने बताएका थिए । साथै सरार्फले अभियानमा सहयोग पु¥याउने सम्पूर्णमा आग्रह गरेका थिए । सो अवसरमा सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी,  नयाँ शक्तिका केन्द्रीय सदस्य मोनिका सिंह, युवा नेता धर्मेन्द्र पटेल, महिला मञ्चका जिल्ला अध्यक्ष रेखा साह, नगर उपाध्यक्षद्वय दिपक साह, सुरेश साह कानु, कोषाध्यक्ष पन्नालाल प्रसाद कुर्मी, सह सचिव सञ्जय पटेल, महिला मञ्चका नगर अध्यक्ष सुनीता रौनियार, युवा मञ्चका जिल्ला अध्यक्ष शेख मुन्ना, युवा मञ्चका केन्द्रीय सदस्य मनजय महतो, क्षेत्र नम्बर १ प्रभारी जलेश्वर सर्राफ, क्षेत्रिय अध्यक्ष विजय पटेल, युवा मञ्चका जिल्ला उपाध्यक्ष मालती कुशवाहा, सचिव अनिल साह तेली, युवा मंचका वीरगञ्जका नगर अध्यक्ष दिव्य प्रकास चर्तुवेदी, जिल्ला सदस्य किसोरी कलवार, प्रेस मंचका जिल्ला अध्यक्ष विजय ठाकुरलगायतको उपस्थिती रहेको थियो ।