सुनसरी, ६ असोज । सुनसरीको पश्चिम–कुसाहा–४ मा बिहीबार बिहान जङ्गली अर्नाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
कोशीटप्पु वन्यजन्तु नजिकै चौपाया चराउन गएका स्थानीय ५५ वर्षिय मुसरु यादवलाई बिहीबार बिहान जङ्गली अर्नाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय लौकहीबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरी घटनाबारे अनुसन्धान शुरु गरिएको छ ।