पाँचथर, ६ असोज । पाँचथरको फिदिम नगरपालिका ४ स्थित हेवाखोलाले बगाएर बुधबार एक बालक बेपत्ता भएका छन् ।
बुधबार साँझ खोलापारीबाट घरतर्फ फर्कदै गर्दा अचानक चिप्लिएर खोलामा खसेका फिदिम–४ थापाटार बस्ने ८ वर्षिय रिसब कटुवाललाई खोलाले बगाएर बेपत्ता बनाएको हो । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरमा ११ जनाको टोली परिचालन भई बुधबार अबेर रातीसम्म बालकको खोजी गरिएको थियो । बालक हालसम्म फेला परेका छैनन् । बालकको खोजीकालागि हेवाखोलालगायत तम्मर खोला आसपासका सम्पूर्ण प्रहरी युनिटहरुलाई एलर्ट गराई खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।