वीरगञ्ज, ६ असोज । प्रेस मञ्च नेपाल पर्सा शाखा १८ सदस्यीय गठन भएको छ । सद्भावना पार्टी पर्साको श्रीपुरस्थित कार्यालयमा फोटो पत्रकार विजय ठाकुरको अध्यक्षतामा गठन भएको थियो ।
सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुद्दिन समानीको सभापतित्वमा सम्पन्न कार्यक्रमले पर्सा जिल्लाको क्रियाशिल पत्रकारहरुको उपस्थितिमा प्रेस मञ्च नेपाल पर्सा शाखा गठन गरेको थियो । मञ्च पर्साको उपाध्यक्षमा राजु साह, नन्दकिशोर गिरी, सचिव दिपक चौरसिया, सहसचिव राम मण्डल, कोषाध्यक्ष सोयता सहनी, सह–कोषाध्यक्ष कृष्णा यादव, कार्य समिति सदस्यहरुमा चन्द्रिका पटेल, मनोज राम, साबिर हवारी, अजहर हवारी, मुन्ना सर्राफ, धिरेन्द्र ठाकुर, आनन्द पटेल, जाकिर हुसेन, मुन्ना ठाकुर, अबिनास झा, रिसव ओझा र केन्द्रिय प्रतिनिधी एसएमजहाँगस्त (गुडु) लगायत सर्वसहमतिले चयन भएको प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताए ।
सोही अवसरमा सद्भावना पार्टीका केन्द्रिय सह–महासचिव अधिवक्ता सुरेन्द्र कुर्मीले समाजमा रहेका विकृत्ति एवं ओझेलमा परेका समस्याहरुलाई उजागर गरी सकारात्मक सहयोग गरी समृद्ध समाज निर्माणमा योगदान पु¥याउने धारणा राखेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य सद्भावना पार्टी पर्सा क्षेत्र नम्बर २ का प्रभारी ईश्वर यादव, युवा नेता धर्मेन्द्र पटेल, महिला मञ्च पर्सा अध्यक्ष रेखा साह, सदभावना पार्टी वीरगञ्ज नगर उपाध्यक्ष सुरेश साह कान, मजदुर मञ्च पर्सा अध्यक्ष दिनेश चौरसिया, युवा मञ्च पर्सा सचिव अनिल साह, प्रेस मञ्च नेपाल बारा शाखाका अध्यक्ष अनिल वर्मा, केन्द्रिय प्रतिनिधी प्रवेश चौधरी, वीरगञ्ज मोडेल युवराज केशरी लगायतकाले शुभकामना दिएका थिए । सद्भावना पार्टी वीरगञ्ज नगर अध्यक्ष ओमप्रकास सर्राफले स्वागत मन्तव्य तथा प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले सहजीकरण एवं कार्यक्रममाथी प्रकास पारेका थिए ।