सिरहा, ५ असोज । सिरहाको लहान–४ मा मङ्गगलबार ट्रयाक्टरको ठक्करबाट एक बालिका घाइते भएकी छिन् ।
घाइते हुनेमा लहान–४ बस्ने शम्भु गुप्ताको ३ बर्षिया छोरी प्रियंका गुप्ता रहेकी छिन् । बालिकालाई स१त ४०२३ नम्बरको ट्रयाक्टरले हिड्दै गर्दा ठक्कर दिएको थियो । बालिकाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ट्रयाक्टरका चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।
यता सुनसरीको धरान–१३ मा धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा७च ९४२६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री धरान–९ बस्ने वीरबहादुर तामाङ्ग घाइते भएका छन् । तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने ठक्कर दिने गाडीका चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ ।