• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सदभावना पार्टी पर्साले असोज ७ गते नारायणी अस्पतालमा मानव साङ्गलो बनाउने

सदभावना पार्टी पर्साले असोज ७ गते नारायणी अस्पतालमा मानव साङ्गलो बनाउने

वीरगञ्ज, ५ असोज । सदभावना पार्टी वीरगञ्ज नगर कार्य समितिले असोज ७ गते नारायणी उपक्षेत्रीय अस्पतालमा मानव साङ्गलो बनाउने निर्णय गरेको छ ।
वीरगञ्जका नगर अध्यक्ष ओमप्रकास सर्राफको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकले सो निर्णय गरेको हो । अस्पतालको सुधार, स्तर उन्नति र विकासको माग गर्दै असोज ७ गते शुक्रबार  बिहान ८ बजे देखि ९ बजे सम्म अस्पताल क्षेत्रमा विभिन्न नारा लेखिएको कार्ड सहित पार्टीले मानव साङ्गलो बनाउने निर्णय गरेको अध्यक्ष सर्राफले बताए ।
सर्राफले राजनीति जनताको लागि गरिन्छ र जनसरोकारको विषयमा आफूहरु एकीकृत रुपले रचनात्मक एवं दवावमुलक कार्यक्रमहरु गर्दै जनसरोकारका सबै क्षेत्रको सुधार एवं विकासको लागि प्रतिबद्ध रहेको बताए । बैठकमा नगरका उपाध्यक्षद्वय सुरेस साह कानु, दिपक साह, कोषाध्यक्ष पन्नालाल कुर्मी, सह–सचीव सञ्जय पटेल, नगरका सदस्यहरु राम आशिष सरार्फ, कन्हैया गुप्ता, उपेन्द्र सरार्फ लगायतको उपस्थिति रहेको थियो ।
पार्टीका नगर अध्यक्ष सर्राफको नेतृत्वमा गत साता नरायणी अस्पताल परिसरमा बृहत सरसफाई पनि गरेको थियो । यसैगरी एक महिना अगाडि केन्द्रिय सदस्य निजामोद्दिन समानी लगायतका नेताहरुको टोली स्वास्थ्य मन्त्री गगन थापालाई भेटी अस्पतालको विकासका लागि ध्यानाकर्षण समेत गराएका थिए । सर्राफले मानव साङ्गलोमा सहभागी भई अस्पताल जस्तो संवेदनशिल संस्थाको सुधार एवं विकासको अभियानमा साथ एवं समर्थन गर्न सबै राजनीतिक दल, नागरिक समाज, युवा, विद्यार्थीलगायत सबै पक्ष र जनसमुदायलाई आग्रह समेत गरेका छन् ।