• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संविधान र मधेश मुक्तिको सवाल विषयक अन्तरक्रिया

संविधान र मधेश मुक्तिको सवाल विषयक अन्तरक्रिया

वीरगञ्ज ४ असोज । नेकपा माओवादी केन्द्रको आयोजनामा बीरगञ्जको बाल कल्याण गृहमा नेपालको संविद्यान २०७२ र मधेश मुक्तिको सवाल विषयक एक दिने अन्तरक्रिया कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पि.एल. श्रेष्ठको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य छोटेलाल यादवले मधेश मुक्ति र मधेशीको विकासका लागि वर्तमान संविद्यान २०७२ उपयुक्त रहेको बताए ।
शोषित, उत्पिडितहरुको हक अधिकार संविद्यानले सुनिश्चित गरेको र कसैको पनि सबैको चित्त बुझने गरि हक अधिकार स्थापना गराउन नसकिने भएकाले केही असन्तुष्टि आउनु स्वभाविक रहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सिरोमणि सापकोटा,शेख चाँदतारा, निवर्तमान सेक्रेटरी शम्भुपाल, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव सन्तोषराज घिमिरे, अखिल क्रान्तिकारीका पर्सा जिल्ला ईन्र्चाज प्रभाकर गुप्ता, जिल्ला अध्यक्ष सुनिल रौनियार लगायतले आ–आफनो मन्तब्य राखेका थिए । त्यस्तै गरि प्रेस सेन्टर नेपाल २ नम्बर प्रदेशका सह–संयोजक दिपक गौतम, सदभावना पार्टीका केन्द्रीय महासचिव शिव पटेल, संघीय समाजवादी फोरमकी केन्द्रीय सदस्य करिमा बेगम, सदभावना पार्टी महिलाकी केन्द्रीय उपाध्यक्ष मुनि श्रीवास्तव,जिल्ला अध्यक्ष रेखा साह,लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रभु यादवले गरेका थिए ।