राजविराज, ४ असोज । मधेश आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा मङ्गलवार सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा मैनवत्ती प्रज्जवलन गरिएको छ ।
राजविराजस्थित गजेन्द्र चौकमा शहिदहरुको सम्झनामा मैनवत्ती प्रज्जवलन गरिएको हो । कार्यक्रममा मोर्चासँग आवद्ध सङ्गठनका जिल्ला अध्यक्ष एवम् केन्द्रीय नेता तथा भातृ सङ्गठनहरुका पदाधिकारीहरुको सहभागिता रहेको संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।