• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पोखरीमा अज्ञात समूहले बिष हाल्दा २७ लाख रुपैयाँ बराबरको माछा नष्ट

पोखरीमा अज्ञात समूहले बिष हाल्दा २७ लाख रुपैयाँ बराबरको माछा नष्ट

वीरगञ्ज, ४ असोज । पर्साको गाविस वगहीस्थित पोखरीमा अज्ञात समुहले बिष हाल्दा करिव २७ लाख मुल्य बराबरको माछा नष्ट भएको छ ।
बगही गाउँदेखि पश्चिततर्फ ईनर्वा गाउँ जाने बाटोमा पर्ने उक्त पोखरीमा बिष हालिएका कारण माछाहरु छटपटिएर मरेका हुन् । दश कट्ठा पानी भएको पोखरीमा २७ लाख रुपैयाँ बराबरको ९ लाख माछाको भुरा नष्ट भएकोे पोखरीको ठेक्का पाएका पिडित हरीशंकर महतोले बताए । ma6a-nasta
महतो गत बर्ष मात्रै गाविसको ऐलानी जग्गामा पोखरी खनाएर माछा पालन गरेका थिए । उनले पोखरी खन्न ४ लाख भन्दा बढी खर्च भएको बताउदै ६ बर्ष सम्मकोलागि जिम्मा पाएको पोखरीबाट अहिलेसम्म एकपटक मात्र माछा निकालेको बताए ।
महतोले वगही वडा नं. ८ ईनर्वाका हृदयनारायण पटेल बिरुद्ध किटानी जाहेरी दिएको बताए । हृदयनारायण पटेल फरार रहेकोले उनका छोरालाई प्रहरीले पक्राउ गरेको महतोले जानकारी दिएका छन् । गत बर्ष मात्रै बगही गाबिस निवासी गेनालाल पटेलको पोखरीमा अज्ञात समुहले बिष हाल्दा लाखौ मुल्य बराबर माछा नष्ट भएको थियो ।