श्यामसुन्दर पासवान
कञ्चनरुप, ४ असोज । तपाई खुला रुपमा दिसा गर्दैहुनुहुन्छ ! यदी हुनुहुन्छ भने सावधान हुनुहोस् । तपाईलाई जरिवाना लाग्न सक्छ, तपाई सबैका सामु लज्जित हुनु पर्नेछ । यसरी नै कारवाहिको भागिदार गराउने काम सप्तरीको कञ्चनरुप नगरपालिकामा सोमबार सार्वजानिक ठाउँमा दिसा गर्ने दुई जना ब्यक्तिलाई सजायको भागिदार बन्न बाध्य भएका छन् ।
कञ्चनरुप नगरपालिका वडा नम्वर ६ पिप्रा पूर्व ओडिएफ हुने तयारी अवस्थामा रहेको बेला बिहान ६ बजेको समयमा कञ्चनरुप नपा ६ का ५५ वर्षिय मो.मजित र कञ्चनरुप नपा ४ का ३५ वर्षिय सुरेन्द्र चौधरीले खुल्ला रुपमा दिसा गरी रहेको अवस्थामा सामाजिक परिचालक सुशीला चौधरीको नेतृत्वमा गएको समुहले उनीहरुलाई फेला पारेपछि पक्राउ गरी धरमपुर प्रहरी चौकी आदर्श टोलमा जिम्मा लगाईएको छ । चौकीले पहिलो पटकलाई सुरेन्द्र चौधरीलाई रु १ हजार र माें मजितलाई रु ५ सय जरिवाना गरीएको सामाजिक परिचालक सुशीला चौधरीले जानकारी दिएकी छिन् ।