• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एकवर्षपछि अस्पतालबाट घर फर्के मधेश आन्दोलनका घाइते पटेल

एकवर्षपछि अस्पतालबाट घर फर्के मधेश आन्दोलनका घाइते पटेल

वीरगञ्ज, ४ असोज । एक वर्ष अघि संविधान जारी भएको दिन घाइते भएका पर्सा बगहीका मुन्सी पटेल सोमवार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
एक वर्ष अगाडि प्रहरीको गोली लागेर नारायणी उप–क्षेत्रिय अस्पतालको बेड नम्बर १०४ मा उपचार गराउँदैआएका थिए । उपचाररत पटेललाई सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले औषधी उपचारमा सहयोग गर्दैआएका थिए । पटेलको ढाडको रिढमा गोलीलागेर अशक्त भई काठमाडौँ, डिल्ली हुदै नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत थिए ।
आजको दिन पहाड र हिमालमा दिपावली मनाईराख्दा वीरगञ्जमा प्रहरीले निर्ममतापुर्वक मधेशी जनतामाथि गोली प्रहार गरिरहेका थिए । उनले भने ‘आज एक वर्ष भयो, अस्पतालमा डाक्टर, नर्स बाहेक गाउँको माहोल हेर्न पाएका थिएनौं, घर जाँदा खुसी लागेको छ तर मधेशले अधिकार नपाउँदा दुःख लागिरहेको छ ।’ संघीय समाजवादी फोरमका जिल्ला सदस्य जयनरायण पटेल, मुस्तुफा हवारीलगायतकाले सहयोग गरि एम्बुलेन्स मार्फत उनलाई घर पुर्याएका छन् ।