रामसेवक यादव
भारदह, ३ असोज । गतवर्ष जारी गरिएको संविधान विभेदकारी एवम् मधेश विरोधी रहेको भन्दै सप्तरीका भारदहमा समेत कालो दिवसका अवसरमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरिएको छ ।
सप्तरीको भारदह बजारमा क्षेत्र नम्वर २ का अध्यक्ष सिताराम महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जगदेव यादव, तराई मधेश प्रदेश सचिव शम्भु झा, सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र झालगायतले सम्बोधन गरेका छन् । भारदह बजार क्षेत्र आसपासका गाविसहरुमा कालो झण्डासमेत गाडिएको छ ।
यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिकामा समेत विरोध प्रदर्शन तथा ब्ल्याक आउट गरिएको हाम्रा स्थानीय सम्वाददाता श्यामसुन्दर पासवानले जानकारी दिएका छन् ।