राजविराज, २ असोज । राजविराजको शैक्षिक तालिम केन्द्रमा द फ्रिडम फण्डको सहयोगमा हरुवाचरुवा समुदायहरुलाई जीवन उपयोगी सीप, संस्थागत विकास तथा नेतृत्व विकास तालिम आइतवारदेखि सञ्चालन भएको छ ।
मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन(हुर्क) नेपाल र तपेश्वरी समाज कल्याण संघको आयोजनामा सञ्चालित तालिमको उद्घाटन जिल्ला विकास समिति सप्तरीका निमित्त स्थानीय विकास अधिकारी नवराज खडकाले गरेका छन् । हुर्क नेपाल र तपेश्वरी समाजको संचालक समितिका अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सुभाषचन्द्र सिंह, मतदाता अधिकार मञ्च सप्तरीका सचिव सिता प्रसाद यादव, बथनाहा गाविसको नेपाली कांग्रेसका.बुथ सभापति लोकेन्द्र नायक, तालिमका प्रशिक्षक सुरेन्द्र गुप्ता, कार्यक्रम संयोजक प्रदीप कुमार जोशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।उक्त तालिममा जम्मा ३३ जनाको सहभागिता रहेको छ ।