राजबिराज २ असोज । सप्तरीका प्रहरी प्रमुख भिम प्रसाद ढकालले बैदेशिक रोजगारमा जाने युवायुवतीहरुलाई ठगी गर्ने गैर ब्यवसायीलाई कानुनी कार्वाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
राजविराजमा आइतवार सामी÷हेल्भेटास नेपालको सहयोगमा तथा सवल नेपालको आयोजनामा बैदेशिक रोजगारी सम्बन्धि जिल्ला प्रहरी कार्यलय सप्तरीको बिभिन्न स्थानमा रहेका प्रहरी युनिटका प्रमुखहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले भने बैदेशिक रोजगारमा जाने सोझा,गरिव युवाहरुलाई प्रलोभन देखाई भने अनुसारको काम र सेवा सुबिधा नदिने, पासपोर्ट र मोटो रकम लिएर बिदेश नपठाउने गरेकोले त्यस्ता ठगहरुलाई आवश्यक कार्यवाही गर्ने बताए ।
अभिमुखकिरण कार्यक्रमका प्रशिक्षक तथा सप्तरी प्रहरी नायव प्रहरी उपरिक्षक दान वहादुर कार्कीले बैदेशिक रोजगारको सिलसिलामा पासपोर्ट र रकम लिने,बिदेश नपठाउने त्यस्ता ठगीने, बिचौलीया वा त्यस्ता अवैध ब्यवसाय गर्ने ब्यतmीहरुलाई पिडितले उजुरी दिएको खण्डमा कानुनी कार्यवाही गरी पिडितलाई न्याय दिलाउनमा सहयोग गर्ने बताए । कार्यक्रममा सामी÷हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देवनारायण चौधरी,सवल नेपालका अध्यक्ष जुना गिरी,कार्यक्रम संयोजक असोक साह, सुचना तथा परार्मश केन्द्रका संयोजक रामप्रमेश मण्डल, कार्यक्रम अधिकृत चन्दनकुमार यादवले सहजिकरण गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सप्तरी मातहतका बिभिन्न स्थानमा रहेका ४८ वटा प्रहरी युनिटका प्रमुख तथा सहायक प्रमुखहरु लगायत ६१ जनाको सहभागिता रहेको जनाईएको छ ।