• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरकारी कार्यालयहरुमा छड्केः ३९ अधिकृतसहित २ सय १० कर्मचारी अनुपस्थित

सरकारी कार्यालयहरुमा छड्केः ३९ अधिकृतसहित २ सय १० कर्मचारी अनुपस्थित

राजविराज, २ असाेज । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट खटिएको टोलीले आइतवार गरेको छड्के जाँचका क्रममा २ सय १० जना सरकारी कर्मचारी अनुपस्थित रहेको पाईएको छ ।
टोलीले जिल्लाका जिल्ला विकास समिति, राजविराज नगरपालिका, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन, जिल्ला कृषि विकास कार्यालय, वन कार्यालय, जनस्वास्थ्य कार्यालय, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, शिक्षा, सहरी विकास डिभिजन, पशु सेवा, नेपाल विद्युत प्राधिकरण, मालपोत कार्यालय र जिल्ला प्राविधिक कार्यालयमा छड्के गरेको हो । सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वमा खटिएको विभिन्न सात ओटा टोलीले छड्के गर्दा मालपोत र राजविराज नगरपालिकाका प्रमुख नभेटिएको तथा १७१ जना नन गजेटेड र श्रेणी विहिन कर्मचारी अनुपस्थित रहेको पाईएको छ भने ३९ जना अधिकृत अनुपस्थित रहेको उनले बताए ।
१३ ओटा सरकारी कार्यालयमा छड्के गर्दा कर्मचारीहरु अनुपस्थित रहेको पाईएको हो । विहान सवा दश बजेको समयमा एकैपटक सरकारी कार्यालयहरुमा छड्के टोली पुगेका थिए । टोलीहरुले छड्के गर्दा अधिकांश कर्मचारीहरुले पोशाक तथा परिचयपत्र नलगाएको पाएको उनले बताए ।
सरकारी कार्यालयहरुको सेवा सुविधा अपेक्षाकृत प्रभावकारी नभएको भन्दै जनगुनासो बढेपछि छड्के जाँच गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । सरकारी कार्यालयहरुमा छड्के जाँच गर्ने कार्यलाई आवश्यकता अनुसार निरन्तरता दिने बताउँदै अनुपस्थित कर्मचारीहरुलाई निजामति सेवा नियमावली बमोजिम आवश्यक कार्वाहीकालागि सम्वन्धित विभागमा पठाउने उनले जानकारी दिए ।