• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेपाल भारत समिटः नेपालमा राज्यसताको चिन्तन विभेदकारी

नेपाल भारत समिटः नेपालमा राज्यसताको चिन्तन विभेदकारी

वीरगन्ज, १ असोज । शनिवार काठमाडौंमा आयोजित नेपाल भारत समिट २०१६ का सहभागिहरुले दुई देशविचको सम्बन्ध बिशिष्ठ रहेकोले यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
भारतसँग नेपालको सम्बन्ध प्राचिन रहेको र सुदृढ बनाएर अगाडी बढ्नु पर्ने सहभागीले बताएका छन् । ‘नेपाल र भारतबीचको बिशिष्ठ छ, यसलाई बिश्वासको आधारमा अगाडी लैजानेु पर्ने हुन्छ,’ कार्यक्रमका प्रमुख अतिथी पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘नेपाल–भारतको यो सम्बन्धलाई ऐतिहासिकताको धरातलमा स्थापित छ ।’
मिडिया फोर बोर्डर हार्मोनी र मधेसी पत्रकार संघको आयोजनामा काठमाडौको होटेल एलो पैगोडामा भएको कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राज्यसताको चिन्तन बिभेदकारी भएकोले आन्दोलन गर्नु परेको बताए । कार्यक्रमको अध्यक्षता गरेका भारतको मुज्जफरका सांसद तथा त्यहाँस्थित मिडिया फोर बोर्डर हार्मोनीका संरक्षक अजय निषादले दुवै देशले एकअर्कासँग राम्रो र मधुर सम्बन्ध बनाएर दुबै देशको र जनताको हित हुने विश्वास व्यक्त गरे ।nepal-bharat-sumit-1
सद्भावना पार्टीका सह–अध्यक्ष रहेका सांसद लक्ष्मणलाल कर्णले आफुहरुले नेपालमा बेग्लै अस्तित्व नखोजेको र नेपालभित्रै सम्मानजनक पहिचान र अधिकारको चाहेको बताए । भारतीय सांसद जनक राम र मुकेश राजपुतले नेपाल भारतको सम्बन्ध प्रगाढ बनाए दुबै देशको हित हुने बताए । कार्यक्रममा भारतको विहारको बिधानसभा सदस्य देवेशचन्द्र ठाकुर, नेपालका लागि भारतको कार्यवाहक राजदुत विनय कुमार, फोरम नेपालका नेता प्रदीप यादव, भारतीय पत्रकार अमरेन्द्र तिवारीलगायतले मन्तव्य गरे । कार्यक्रमको दोस्रो सत्रमा १९ बुँदे घोषणापत्र समेत जारी गरिएको छ ।