• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चन्द्रनहरको पुलमुनि फेला पर्यो पुरुषको शव

राजविराज, १ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–५ स्थित चन्द्रनहरको पुलमुनी शनिवार एक अपरिचित व्यक्तिको शव फेला परेको छ ।
नाम थर नखुलेको मधेसी मूलको जस्तो देखिने, पुरुषको शव पानीमा डुबेर मृत अवस्थामा फेला परेको हो । निजको हालसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना स्थलमा प्रहरी टोली खटि प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टमकालागी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याईएको छ । मृतक कहाँको हो ? कसरी मृत्यु भएको हो ? यसबारे अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।