राजविराज, १ असोज । हिन्दु धर्मावलम्बीहरुले सप्तरीसहित देशैभरी शनिवार विश्वकर्मा पूजा भव्यताकासाथ मनाईरहेका छन् ।
विश्वकर्मा पूजाका अवसरमा सहरदेखि ग्रामिण भेगसम्मका विभिन्न स्थानहरुमा विश्वकर्माको प्रतिक माटाको मूर्ती बनाएर पूजाआजा गरिरहेका छन् । बस, कार, जीप। मोटरसाइकल आदि वाहनलाई पानीले सफा गरेर विधिपूर्वक पूजा गरिएको छ । यस्तै विभिन्न मेसिनहरुको समेत पूजाआजा गरिएको जनाईएको छ ।
संसारको श्रृजना गर्ने देउताको रुपमा परिचित विश्वकर्माको विधिपूर्र्वक पूजाआजा गरेपछि बर्षभरि वाहन, मेसिन आदि नबिग्रिने जनविश्वास रहेको छ ।
आजका दिन बस, कार जिप, ट्रक, भ्यान लगायतका सबारीधानहरु लाई पानीले धोएर सफा गरि पुजा आजा गर्ने चलन छ ।
पूजाकै अवसर पारेर सबारी साधन किन्ने प्रचलनसमेत रहेको छ । उद्योगधन्दा, कलकारखानामा समेत विश्वकर्माको भव्य पूजाआजा गरिएको छ । विश्वकर्मा पूजाका अवसरमा विभिन्न स्थानहरुमा धार्मिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको छ ।