• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शान्ति सुरक्षा चुनौतीबारे क्षेत्रीय प्रहरी कार्यालयमा सुरक्षा वैठक

शान्ति सुरक्षा चुनौतीबारे क्षेत्रीय प्रहरी कार्यालयमा सुरक्षा वैठक

विराटनगर, ३१ भदौ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरमा शुक्रबार प्रहरी प्रमुखहरुको एक दिने सुरक्षा बैठक शुक्रवार सम्पन्न भएको छ ।
क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरी राज घिमिरेको अध्यक्षतामा बसेको बैठकमा जिल्लाको हालको शान्ति सुरक्षाको अवस्था, आउन सक्ने चुनौती र नियन्त्रणकालागी प्रहरीबाट अपनाईने सुरक्षा योजनाका सम्बन्धमा विस्तृत छलफल भएको छ । बैठकमा अञ्चल तथा जिल्ला प्रमुखहरुले क्षेत्रीय प्रहरी प्रमुख समक्ष जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, आउनसक्ने सुरक्षा चुनौतीहरु तथा समाधानका उपायहरुबारे आ–आफ्नो कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।
बैठकमा मेची, सगरमाथा अञ्चल प्रमुखहरु, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनकुटा, उदयपुर जिल्लाका प्रमुखहरु, क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख, क्षेत्रीय गण, दंगाका गणपतिको सहभागिता रहेको थियो ।