राजविराज, ३० भदौ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजबिराजबाट खटिएको संयुक्त टोलीले विद्युत हुकिङ्ग गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको बैरवा–३ का बैद्यनाथ खङ्ग, बरमझीया ७ का बिद्यानन्द खङ्ग, बैरवा ९ का सञ्जय महतो, वडा नम्वर–१ का दयानन्द पंजियार, वडा नम्वर–३ का मनोज खङ्ग, वडा नम्वर–१ का महेन्द्र पंजियार, मो ईसु, बदगामा–१ का अलाउद्दिन शेख, बैरवा ८ का शादिक अली, कञ्चनरुप नगरपालिका– १ का संदिप कुमार साह, मैनाकडेरी ७ का कुशेस्वर यादव, बदगामा १ का मोहमद उद्दिन, ठेलिया ७ का बलराम खङ्ग, मैनाकडेरी ७ का धनीलाल राम, वडा नम्वर–९ बस्ने बच्चालाल खङ्ग र लिलाई यादवलाई पक्राउ गरिएको छ ।