राजविराज, ३० भदौ । सप्तरीको रम्पुरा–मल्हनियाँ गाउँ विकास समितिमा बुधवार राति आगलागी हुँदा सात वटा घर जलेर नष्ट भएको छ ।
रमपुरा मल्हनिया–६ बस्ने सुफललाल यादवको गोठमा बालिएको घुरबाट अचानक सल्केको आगोले उनको गोठसहित छिमेकीहरुको सात वटा घर जलेर नष्ट भएको हो । आगलागीमा उनीहरुको घरभित्र भएको सम्पूर्ण लत्ताकपडा, अन्नपात, गरगहनासहितका सरसमान जलेर ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राति ११ बजे सुरु भएको आगलागी स्थानियवासी र प्रहरीको सहयोगमा साढे दुई घण्टापछि नियन्त्रणमा लिइएको जनाइएको छ ।