वीरगञ्ज, ३० भदौ । वीरगञ्ज उपमहानगरपालिका वडा नम्वर–२६ प्रसौनी बिर्तामा विहीवार पाँच दिने निःशुल्क योग विज्ञान शिविरको उद्घाटन गरिएको छ । पाँच दिनसम्म चल्ने निशुल्क योग शिबिरको उद्घाटन पर्सा क्षेत्र नम्वर २ का सांसद बिचारी प्रसाद यादवले गरेका छन् ।
योग विज्ञान शिविरका प्रतिनिधी मिथिला शाह र बिजया पोखरेलको नेतृत्वमा गरिएको कार्यक्रमा पतञ्जली योग समिति पर्साका अध्यक्ष किशोरी प्रसाद कलवार, शिविरका प्रतिनीधिहरु शारदा अधिकारी, भगवती शाह, जमुना थापा, नसबिलाल शेख, नेकपा एमालेका वडा नं. २६ का वडा अध्यक्ष लालबाबु यादव, एनपीडेली न्युजका राकेश साह, न्यु सनराईज क्लबका महासचिव जितेन्द्र महतो, कोषाध्यक्ष रेयाज अंसारी , समाजसेवी प्रहलाद गुप्ता गोंड, जगरनाथ दास, रामानन्द महतोलगायतको उपस्थिति रहेको थियो ।
प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको भवनमा आयोजित योग शिबिरमा सांसद बिचारी यादवसँगै कार्यक्रममा सहभागी अतिथिहरुले डेढ घण्टासम्म योग गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई पतञ्जली योग समिती पर्साका अध्यक्ष किशोरी प्रसाद कलवारले योग गराउनुको साथै आधुनिक संसारमा योगको भुमिका र महत्वबारे जानकारी गराए । निशुल्क योग शिबिर पाँच दिन सम्म विहान ५ ः३० देखि ७ बजे सम्म सोही बिद्यालयमा हुने अध्यक्ष कलवारले बताए ।