बृजमान तामाङ
बिरेन्द्र बजार, २९ भदौ । पुर्व सभासद् डा. लक्ष्मीलाल चौधरीको ७८ बर्षको उमेरमा निधन भएको छ । 
सप्तरी हरिहरपुर–९ का चौधरीको बुधबार बिहान आफ्नै निवासमा निधन भएको हो । महेन्द्र बिन्देश्वरी क्याम्पसका पुर्व प्राध्यापकसमेत रहेका चौधरी पहिलो संविधान सभामा नेपाल लोकतान्त्रिक समाजवादी पार्टीकोतर्फबाट सभासद् भएका थियो ।
चौधरीको सामाजिक परम्परा अनुसार गाउँमै बुधबारै साँझ अन्त्येष्टि गरेको परिवारले जनाएका छन् । सभासद् चौधरीको दुई छोरा र दुई छोरी रहेको छ । यसैगरी चौधरीको निधनप्रति संघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य बिनोद चौधरीले दुःख ब्यक्त गरेका छन । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसका अवकाशप्राप्त इतिहांसविद् चौधरीको निधनले हाल उत्र्कषका पुगेको सामाजिक आन्दोलनमा एक होनाहार नेताको अभाव महशुस भएको उनले बताए ।