• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अख्तियारद्वारा सब–इन्जिनियर श्रेष्ठ घुससहित पक्राउ

अख्तियारद्वारा सब–इन्जिनियर श्रेष्ठ घुससहित पक्राउ

चन्दन रौनियार
इटहरी, २९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको इटहरी उप–महानगरपालिकाका सबइन्जिनियर नरेश श्रेष्ठ घुस लिने क्रममा रङ्गेहात पक्राउ परेका छन् ।
इटहरी ६ मा रहेको एक उपभोक्ता समितिलाई योजना पारि दिन्छु भन्दै लिएको १० हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरेका हुन् । इटहरी उपमहानगरपालिकामा सेवाग्रहीले घुस नलिई कर्मचारी कामै गर्दैनन् भन्ने चौतर्फि गुनासो आएपछि अख्तियारले निगरानी गरिरहेको बताएको छ । सोहि अनुरुप योजना फाँटमा कार्यरत सव–इन्जिनियर श्रेष्ठलाई रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियारको पुर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीको टोलीले पक्राउ गरेर लगेको जनाइएको छ ।
श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेपछि सर्वसधारणले घुस्याहा कर्मचारी बिरुद्ध नाराबाजी समेत गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख रबिन्द्रप्रताप साहले सूचनाका आधारमा उनलाई पक्राउ गरेको बताए ।