राजविराज, २९ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियामा मङ्गलवार अपरान्ह पुलबाट तल खस्दा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।
घर नजिकैको पुलमा खेल्ने क्रममा अचानक तल खस्दा स्थानीय बौना सरदारको करिब ७ वर्षिय छोरा करण सरदारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान कार्य अगाडि बढाएको छ ।