• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमासमेत कालो दिवस मनाईने

राजविराज, २८ भदौ । राजविराज नगरपालिका–१ स्थित नेपाल सद्भावना पार्टीको कार्यालयमा मङ्गलवार सम्पन्न बैठकले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
स्वतन्त्र मधेशी मोर्चा नगर समितिका संयोजक उमेश प्रसाद साहको अध्यक्षतामा सम्पन्न बैठकले असोज ३ गते विरोध जुलुस तथा कोणसभाको आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रमहरु आयोजना गर्न आ–आफ्नो स्थानबाट आवश्यक सहयोग गर्ने र असोज ४ गते बैठक बसी कार्यक्रमको समिक्षा गर्ने निर्णय गरिएको जनाईएको छ ।
संयोजक साहका अनुसार असोज ३ गते राजविराज स्थित शिव मन्दिरमा भेला भई कालो फेटा बाँधेर मसाल जुलुस नगर परिक्रमा गरी संविधानको प्रतिलिपी जलाईनेछ । उक्त सभामा तराई मधेश राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जयप्रकाश गुप्ता, पूर्वमन्त्री अनिस अन्सारी, नेतृ सरिता गिरी, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास कुमार तिवारी, नेताहरु महेश यादव, बलराम यादव, सुबी यादवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको स्वतन्त्र मधेशी मोर्चा नगर समितिका संयोजक साहले जानकारी दिए ।