राजविराज, २८ भदौ । सप्तरीको विषहरीया गाविसमा मङ्गलवार विहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
पानी तान्ने मोटर चलाउनकालागि तानिएको तारमा करेन्ट लागेर विषहरीया–६ भेल्ही निवासी ४० वर्षिय विजेन्द्र प्रसाद ठाकुर को मृत्यु भएको हो । करेन्ट लागेर गम्भिर भएको ठाकुरलाई उपचारका राजविराज स्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको स्थानिय प्रमोदकुुमार यादवले जानकारी दिएका छन् ।