• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तीन दिन कालो दिवस मनाउने

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तीन दिन कालो दिवस मनाउने

वीरगञ्ज, २८ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, पर्साको मङ्गलवार बसेको बैठकले आउँदो असोज २ गतेदेखि ४ गतेसम्म ३ दिवसीय कालो दिवस मनाउने निर्णय गरेको छ ।
गत बर्ष भएको मधेश आन्दोलनमा ‘मधेशी आन्दोलनकारीहरुमाथि अत्यधिक दमन गरी गैरमधेशी खसहरुको बर्चश्व रह्ने गरी संबिधान जारी गरिएको घट्नाको बिरोधमा कालो दिवस मनाउन थालिएको’ बैठकका अध्यक्षता गरेका संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले बताए । गत वर्ष असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जननिर्वाचित संबिधानसभाबाट घोषणा भई लागु गरिएको थियो । त्यस बखत पनि मोर्चाका समर्थकले वीरगन्ज लगायतका ठाउँमा कालो दिवस मनाएका थिए ।
असोज दुई गते अन्तरक्रिया गर्ने, तीन गते बिहान घण्टाघर चोकमा आन्दोलनको फोटोहरुको प्रदर्शनी तथा साँझ साढे ७ बजेदेखी आधा घण्टा ब्लेक आउट र चार गते साँझ मधेश आन्दोलनमा मारिएका सहीदहरुको सम्झनामा दिप प्रज्वलन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
मङ्गलवार बसेको बैठकमा नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल, फोरम नेपालका प्रदेश सचिव सलाउद्दीन अहमद, तराई मधेस सद्भावना पार्टीका पर्सा अध्यक्ष विरेन्द्र यादव, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकिम अन्सारी, तराई मधेश लोकतानित्रक पार्टीका वीरगन्ज नगर अध्यक्ष मनोज गुप्ता, राष्ट्रिय मधेस सदभावना पार्टीका पर्सा सचिव उमेश सहनी, सद्भावना पार्टीका वीरगञ्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफलगायतको उपस्थिति रहेको थियो ।