• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सर्प दंशबाट महिलाको मृत्यु

राजविराज, २९ भदौ । सप्तरीको लालापट्टी गाविस–९ का ५५ वर्षिया बेचनी देवी मण्डलको सोमबार सर्पदंशबाट मृत्यु भएको छ ।
मण्डललाई सोमबार अपरान्ह साढे तीन बजेतिर खेतमा घाँस काट्नेक्रममा विषालु सर्पले टोकेको थियो । मण्डललाई उपचारकालागी अञ्चल अस्पताल राजविराज ल्याइएकोमा उनको साँझ ५ बजे उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।