राजविराज, २७ भदौ । राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले अपाङ्गता भएका ब्यक्तिलाईसमेत समान आधारमा अधिकारको उपभोग गर्न पाउने गरी कानुनी ब्यवस्था गर्न र त्यसको प्रभावकारी रुपमा कार्यान्वय गर्न सरोकारवालाले सुझाव दिएका छन् ।
ब्यवस्थापिका संसदको महिला बालवालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले आयोजना गरेको ‘अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्वन्धि कानुन संसोधन र एकिकरण गर्न बनेको विधेयक–२०७२ विषयक अन्तरक्रिया कार्यक्रम’मा यस्तो सुझाव दिईएको हो । अपाङ्गता भएका ब्यक्तिलाई हेयको दृष्टिले हेर्ने, सामान्य नागरिक भन्दा फरक ब्यवहार गर्ने लगायतका कुरालाई ब्यवहारीक रुपमै हटाउन कानून वन्नु पर्नेमा जोड दिएका छन् ।
प्रदेश नम्वर २ स्तरीय कार्यक्रममा विधेयकमा भएका ब्यवस्थाको वारेमा ब्यवस्थापिका संसदको महिला बालवालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले सभापति रञ्जु झाले अपाङ्गता भएका ब्यक्तिलाई श्रृजनसिल, कलात्मक वौद्धिक तथा आन्तरीक क्षमताको विकास र उपभोग अधिकारकालागि आफु सम्वेदनशील रहेको बताईन् । उनले अपांगता भएका ब्यक्तिलाई शैक्षिक, आवास, कार्यस्थल, सडक यातायात, संचारलगायतका अन्य सेवा तथा सुविधाहरुमा पहुँचको अधिकारकालागि आवश्यक सुझाव दिन समेत आग्रह समेत गरिन् ।
समितिका शाखा अधिकृत मिन प्रसाद भट्टराईले विधेयक प्रस्तुत गर्दै झुटा विवरण पेश गरी अपांगता प्रमाण पत्र लिने कार्यले वास्तविक अपाङ्ग राज्यले दिने सेवा सुविधाबाट समेत बञ्चित हुने गरेको भन्दै यस्ता कार्यलाई रोक्न सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिए ।