चन्दन रौनियार
इटहरी, २७ भदौ । समाजमा केही उल्लेखनीय कामसँगै आफ्नो पहिचान गराउने प्रयत्नमा तल्लीन बिश्वकर्मा एकता समाजले सोमबार इटहरीको मुख्यचोकमा रहेको रेयूकाई पार्कमा एक सार्बजानिक समारोहको आयोजना गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका इटहरी अध्यक्ष जगत गजमेरको सभापतित्व र नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका अध्यक्ष बिमल पौडेलको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधी,समाजसेवी,बुद्धिजीवी, पत्रकार सर्बसाधारण जनता, ब्यपारी, कर्मचारी लगायतले रक्तदान गरेको कुरा समाजका सचिव मिसन बराइलीले बताए । सो कार्यक्रममा इटहरी थानाका डिएसपी सुवेदीले पनि रक्तदान गरेको कुरा बिश्वकर्मा एकता समाजका उपाध्यक्ष टीका लाम्गादेले जानकारी दिए ।
समाजका महासचिव दिनेश रसाइलीले संचालन गर्नु भएको उदघाटन कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष बोधराज नेपाल,बरिष्ठ पत्रकार याम प्रधान धयान बहादुर शंकरलगायतको उपस्थिति थियो । इटहरी क्षेत्रमा रहेर बिभिन्न पेसा ब्यबसायका साथ समाज सेवामा समर्पित यूवाहरुको उत्साहजनक उपस्थिति रहेको एकता समाजका सदस्य सिताराम गहतराजले बताए ।
समाजमा सकृय महिला नेत्री शीला गजमेर, स्वास्थ्यकर्मी तथा साथी फाउण्डेसनकी अध्यक्ष शान्ता गजमेर, शिक्षिका गंगा गजमेरले रक्तदाता महानुभावहरुलाई स्वयमसेवकको रुपमा भूमिका निर्वाह गरे । यस अघि रचनात्मक कार्य गरेर उदाएको समाजले छिटटै नयाँ योजना ल्याउने र बिश्वकर्माहरुको भावनात्मक संम्बन्धलाई बृहत बनाएर जाने सवालमा उपाध्यक्ष टीका लाम्गादेको निवासमा बसेको बैठक प्रभावकारी रहेको बिशवकर्मा एकता समाजले जनाएको छ ।